Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको बिहारको मधुवनी जिल्लाका चुनाव हुने भएपछि तीन दिन नेपाली रेल बन्द हुने भएको छ। आगामी मंगलबार मधुवनीको भंझारपुर संसदीय क्षेत्रमा लोकसभाको चुनाव हुने भएकोले आइतबारदेखि मंगलबारसम्म रेल बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

शनिबार मध्यरातिदेखि मंगलबार मध्यरातिसम्म सीमा बन्द गर्ने निर्णय भएकाले तीन दिनसम्म महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल बन्द रहने महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

बुधवारदेखि पुनः रेल नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

 

तपाईको प्रतिक्रिया