समाचार सुन्नुहोस :
काठमाडौँ – मलेसियामा सेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनाहुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जना सैनिकको मृत्यु भएको हो ।
दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोयल मलेशियन नौसेना उत्सवका लागि हेलिकप्टरमा प्रशिक्षण गरिरहेका थिए । आकाशमा ठोक्किएका दुई हेलिकप्टर एक स्टेडियममा खसेका थिए ।