Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् ।२०४६ सालमा ठूलो राजनीतिक परिवर्तन भएको ३०/३२ वर्षको यात्रा पूरा गरेको भन्दै उनले यसबीचमा भएको जति पनि राजनीतिक नेतृत्व छ, उनीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताए।

‘कांग्रेसको सभापति, एमालेको अध्यक्ष, माओवादीको अध्यक्ष, अहिलेको प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्ता मन्त्री भएका मान्छेहरूको सम्पत्ति छानबिन गरौं’, उनले भने, ‘यससँगै जति पनि ठूल्ठूला काण्डहरू प्रकरणहरू नेपालभित्र भए, जो जो जिम्मेवार छ। उनीहरूले पनि कहीँ न कहीँ मैले दण्ड पाउनुपर्छ भनेर डर सिर्जना गरौँ। नागरिकलाई राज्यसँग भर होस्। गलत गर्नेहरूलाई राज्यसँग भर होस्।’

उनले जतिसुकै शक्तिशाली भए पनि गलत गर्नेले सजाय पाउँछ भन्ने स्थापित गर्नुपर्ने बताएका छन्। बुधबार पशुपति मित्र मावि चाबहिलको हीरक महोत्सवमा बोल्दै थापाले त्यस्तो अवस्थामा मात्रै समाज ‘फेयरली’ अगाडि बढ्न सक्ने बताए।

‘कांग्रेस होस् एमाले होस् माओवादी होस् राप्रपा होस् पुरानो होस् नयाँ होस् प्रधानमन्त्री होस् भूतपूर्व होस् हुनेवाला प्रधानमन्त्री होस् जो सुकै होस्, जतिसुकै शक्तिशाली भए पनि नेपालभित्र गलत गर्योँ भने त्यसले दण्ड पाउँछ। अपराध गर्नेले सजाय पाउँछ। निर्दोष छ भने त्यसले पाउँदैन भन्ने कुरा नेपाली समाजमा स्थापित गर्न सक्यौँ भने बल्ल समाज फेयरली अगाडि बढ्न सक्ने अवस्था बन्छ’, उनले भने।

 

तपाईको प्रतिक्रिया