Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । मेयर साहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगर बासीले तिरेको कर हो’ लेखेका थिए । उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । ताप्लेजुङको मौवाखोला गाउँपालिका– १ घर भई महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत पौडेललाई बालेनले निलम्बन गरेका थिए ।

तपाईको प्रतिक्रिया