Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली काँग्रेसले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि अझै उम्मेदवारको टुग्गो लगाउन सकेको छैन। उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउन भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको संसदीय बोर्डको बैठक कुनै निर्णयमा पुग्न सकेन। उपनिर्वाचनका लागि संस्थापन पक्ष र इतर पक्षले अ आफ्नै उम्मेदवार अडान नछाड्दा उम्मेदवार चयन प्रक्रिया विलम्ब हुन पुगेको बताइएको छ।

इलामा काँग्रेसबाट भेषराज आचार्य र डम्बर खड्का इलाम-२ मा मुख्य प्रत्याशीका रुपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ। पार्टी संस्थपन पक्ष भने खड्कालाई उम्मेदवार बनाउनुपर्ने अडानमा छ। खड्काले यस अघिको निर्वाचनमा झिनो मतान्तरले हारेका थि ।

यस्तै बझाङ प्रदेश सभा तर्फ संस्थपनबाट अभिषेश सिंह आकाक्षी देखिएका छन भने इतर पक्षबाट जगतप्रसाद जोशीलाई अघि सारिएको छ। बुधबार बसेको बैठकमा दुवै पक्षले अडानमा नछाडेपछि बैठक आज फेरि बस्ने गरी स्थगित भएको थियाे। आज बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ। कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

 

तपाईको प्रतिक्रिया