समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ ।
बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने छन् ।