Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेलाई पनि समाजवादी मोर्चामा भित्र्याउने कसरत अगाडि बढेको छ। नयाँ सत्ता समीकरणमा वामपन्थी दलहरुको बाहुल्यता भएसँगै एमालेलाई समाजवादी मोर्चामा ल्याउन छलफल अगाडि बढेको हो। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा आबद्ध हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमालेलाई पनि मोर्चामा आबद्ध हुन आग्रह गरेका हुन्। विप्लव अहिले समाजवादी मोर्चाका अध्यक्ष छन्।

ओलीले सकरात्मक प्रतिक्रिया दिएपछि विप्लवले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन्। विप्लवका अनुसार मोर्चामा एमालेलाई पनि सहभागी गराउने सन्दर्भमा मोर्चासम्बद्ध सबै दलहरूले सहमति जनाएका छन् । त्यसका लागि एमालेसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दिइएको संयोजक विप्लवले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन हुँदा बामपन्थी र समाजवादी कार्यक्रममा विश्वास गर्ने दलहरूको उपस्थितिमा बनेको मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। गठबनधन परिवर्तन भएसँगै एमालेलाई पनि समेट्ने प्रयास मोर्चाले गरेको हो ।

 

तपाईको प्रतिक्रिया