Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सहकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । महानगरको सहकारी विभागले सूचना प्रकाशित गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रम फैलाएको गुनासो आएकाले त्यस्ता ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको हो।

महानगरले केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको वचत फिर्ता गर्न नसकेको अवस्था पाइएको पनि बताएको छ।

तपाईको प्रतिक्रिया