Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् ।

उनले लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ मन्त्री पदको शपथ खाएको दुई दिनपछि उनले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।

नयाँ गठबन्धनमा रास्वपाबाट चार मन्त्री बनेका छन् । उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् । उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया