Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक मानेको छ । आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै चौधरीलाई अस्वीकार गरेको हाे । आयोगका एक पदाधिकारीका अनुसार चौधरी अध्यक्षका लागि योग्य नदेखिएकाले रञ्जीता श्रेष्ठ चौधरीलाई नै अध्यक्षको मान्यता दिने आयोगको निर्णयमा उल्लेख छ।

टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अद्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए। आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनी प्रश्न गरेको थियो। गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए।

 

तपाईको प्रतिक्रिया