समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादीले माधव नेपाललाई पनि गठबन्धनमा लाने निर्णय गरेको छ । पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको सचिव राम कार्कीले बताए ।
कार्कीले भने, ‘देशको सर्वपरि हितका लागि उहाँलाई पनि मिलाएर लाने निर्णय भएको छ । यसमा एमाले र समाजवादीबिच केही मनमुटाव नै छैन । मिलाएर वृहत् एकतासहित जाने हो ।’ उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताउँदै वामपन्थी पृष्ठभूमि भएको माधव नेपालको पार्टीलाई छाड्नै नमिल्ने बताए ।