Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुन–चाँदीको मूल्य ह्वात्तै बढेको छ । गत शुक्रबार प्रतितोला छ सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला दुई हजार रूपैयाँले बृद्धि भएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया