Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहे पनि पार्टीले लिखित रूपमा कुनै निर्णय नगरेको बताए ।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सक्ने आफूले केही समयअघि बताए पनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको बताए ।

प्रचण्डले कोसीमा कांग्रेसकै कारण माओवादी उमेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको धारणा राखे । त्यस्तै, कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा विषय र जनयुद्धबारे बेमौसमको बाजालगायतले आशंका उत्पन्न भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया