Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। कोशी प्रदेश नामाङ्कन गरिएको विरोधमा आन्दोलनरत प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बिहीवार कालो दिन मनाएका छन् । प्रदेशको नाम कोशी नामाङ्कन गरिएको दिन पारेर फागुन १७ गते पहिचान पक्षधरहरूले कालो दिन मनाएका हुन् ।

उनीहरूले राजधानी काठमाडौंको तीनकुनेमा कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । कालो झण्डासहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गर लगायतका नारा लगाएका थिए।

गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश नम्बर १ को प्रदेशसभाले कोशी नामकरण गरेको थियो । त्यसयता उनीहरू आन्दोलनरत छन् । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने उनीहरूको माग छ ।यसबीचमा कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच दुईपटक वार्ता पनि भइसकेको छ । गत फागुन ९ मा भएको दोस्रो चरणको वार्ता ३ बुँदे आंशिक सहमतिपछि सकिएको थियो ।

तपाईको प्रतिक्रिया