Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – पर्सामा अस्पतालमा छोरी जन्मिएको थाहा पाएपछि आमा फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । उनी बच्चा जन्मिएपछि फरार भएकी हुन् ।

सुत्केरी व्यथा लागेपछि सासुसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले जनाएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाएका उनीहरूले दुवै जनासँग मोबाइल नभएको बताएका थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका उनीहरूको खोजी तीव्र पारिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

गलत ठेगाना टिपाएर गएका कारण खोजी गर्न कठिनाइ भएको डिएसपी थापाले जानकारी दिएका छन् । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया