Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

काठमाडौं – सरकारले श्रीलंकाको जेलमा रहेका तीन नेपालीलाई आममाफीका लागि अनुरोध गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङलाई मानवीय आधारमा आममाफी लागि त्यहाँका राष्ट्रपतिलाई अनुरोध गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘श्रीलंकामा कैदबन्दी जीवन बिताइरहेका नेपाली नागरिकहरू चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानवीय आधारमा आममाफीका लागि अनुरोध गर्दै सम्माननीय राष्ट्रपतिज्यूबाट श्रीलंकाका महामहिम राष्ट्रपतिज्यूलाई अनुरोध गरी पत्र पठाउनका लागि सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सिफारिस गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

तीन नेपालीले गंभीर अपराध गरेको अभियोगमा आजीवन काराबासको सजाय पाएका थिए । सरकारले उनीहरुले गरेको अपराधबारे थप बताएको छैन ।

तपाईको प्रतिक्रिया