Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भएको छ । युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भएको हो ।

यसअघि रुसले क्षतिपूर्ति रकम दाबी गर्न सम्बन्धित परिवार नै मस्को आउनुपर्ने रुसको सर्त थियो । तर नेपाल सरकारले परिवार नै रुस गएर क्षतिपूर्ति लिन सम्भव नहुने भन्दै नेपालमै दिन आग्रह गरेको थियो । सो आग्रहअनुसार रुस मस्कोस्थित नेपाली दूतावासमार्फत क्षतिपूर्ति पठाउन रुस तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अब हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउनेछन् । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार रुसी सेनामा भर्ती हुने बेला भएको करारअनुसार नेपाली नागरिकले क्षतिपूर्ति दिन रुस सहमत भएको छ । तर, करारमा के कति कुरा लेखिएका छन् भन्ने विवरण भने आइसकेको छैन ।

क्षतिपूर्तिका लागि नेपाली दूतावासले नेपालमा मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ । प्रक्रियाअनुसार मस्कोस्थित नेपाली दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउने उनले बताए । त्यसपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ । तर, कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने विषय रुस सरकारले खुलाएको छैन ।

क्षतिपूर्ति पठाउन तयार भएपनि युद्धमा मारिएका नेपालीहरूको शव नेपाल पठाउन भने रुस तयार छैन । १० मृतकको शव सुरक्षित रहेको उल्लेख गर्दै रुसले सैनिक सम्मानका साथ उतै अन्त्येष्टि गर्ने प्रस्ताव गर्दै आएको छ । नेपालले भने सकभर शव नेपाल पठाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल र प्रितम कार्की, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान र ठेगानालगायत विवरण सार्वजनिक नगरिएका कुन्दनसिंह नागलको मृत्यु भएको छ ।

पछिल्लो केही समययता सयौँ नेपाली रुसी सेनामा भर्ना भएका छन् । उनीहरूमध्ये केहीले ज्यान गुमाएका छन् भने केही घाइते भएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीबारे यकिन तथ्यांक सरकारसँग पनि छैन ।

तपाईको प्रतिक्रिया