Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – सन् २०२३ मा नेपालबाट बाहिरिएका ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमा नै बसेका छन् । गृहमन्त्रालयले आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको बुँदामा उल्लेखित तथ्यांक अनुसार १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक बाहिरिदाँ १२ लाख ६३ हजार ४६९ भित्रिए ।

यस अवधिमा अध्ययनको लागि १ लाख ०८ हजार ५ सय ४२ जना, अस्थायी आवास भिसामा ९२ हजार ३४९ विदेशमा गएका छन् । त्यस्तै स्थायी आवासका ७० हजार ९१५ र डिपेन्डेन्ट भिसामा २० हजार ६१३ गरी जम्मा २ लाख ९२ हजार ४२० नेपाली कुनै न कुनै रुपमा विदेश मै रहने गरी गएका छन् । यसमा भारतको भूमि भएर तेस्रो देश गएका नागरिकहरुको संख्या समावेश छैन ।

सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नागरिक श्रमिकको रुपमा विभिन्न देश गएका छन् । नाता भिसामा १ लाख ६७ हजार ४८५, भिजिट पर्यटक तथा धार्मिक प्रयोजनको लागि २ लाख ०४ हजार ५१८ नागरिक बाहिरिएका छन् । अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थान सम्बन्धी भएको सरल व्यवस्थालाई मिति २०७८ फागुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको विवरण पनि पेस गरिएको छ ।

हाल अध्यागमन विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेकोमा सोमा वर्तमान समय सापेक्ष बनाउन केही विषयहरु थप गराउनुपर्ने र यसको आधारमा अध्यागमन नियमावलीमा समेत संशोधन गर्नुपर्ने आवश्यकताबारे समितिलाई जानकारी गराइएको छ । ‘नेपालमा विद्यमान भिसाका प्रकारहरुमा समेत थप गरी सरलीकृत गर्नुपर्ने देखिन्छ । जस्तै अध्ययन भिसा, कामदार भिसा, रिटायरमेन्ट भिसा, मेडिकल भिसा, धार्मिक भिसा, खेलकूद भिसा लगायत अन्य प्रकारका भिसा थप गरी सरलीकृत गर्नु पर्ने देखिन्छ’ छलफलका लागि पेस गरिएको बुँदामा छ ।

हालसम्म अध्यागमनको प्रस्थानलाई बढी ध्यान दिएकोमा अब राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी विदेशी आगमनलाई निगरानी बढाउनुपर्ने देखिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया