Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन्। अर्को सत्ताघटक नेपाली काँग्रेसका नेताहरुले सरकारको नेतृत्व नै फर्नुपर्ने धारणा राखिरहेका बेला अध्यक्ष नेपालले भने अहिले नै सरकारको नेतृत्व फेर्ने विषयमा छलफल गर्ने बेला नभएको बताए ।

बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ अध्यक्ष नेपालले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए।

‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन । कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन । अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला । आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरूको छनोट होला, ‘मन्त्री फेरबदल गर्ने विषयमा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘अहिले जो प्रधानमन्त्री हुनुहुन्छ, सरकार छ । यसले नै संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउने हो । त्यसकारण यस्तो बेलामा को-को प्रधानमन्त्री ? को-को मन्त्री भनेर छलफल चलाउनु ठिक हुँदैन । मन्त्रीहरू फेर्ने नै हो भने पनि सुटुक्क गर्ने विषय हो ।’

 

तपाईको प्रतिक्रिया