Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशन हिजो सोमबारदेखि सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए । अधिवेशन आह्वान गरिएनुसार संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बसेको हो ।

बैठकपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिँदै संसद्‌को चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताए। उनले संसद अधिवेशनको सुरुवात राम्रो वातावरणमा भएको प्रतिक्रिया दिए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो। बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ। आज राम्रो वातावरणमा शुरु भएको छ। अब अगाडि बढ्छ।’

तपाईको प्रतिक्रिया