Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले काठमाडौँ-दिल्ली-काठमाडौं हवाई उडानमा क्यान्सर बिरामीलाई हवाई भाडामा शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत छुट दिइरहेको हो ।

सेवा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसको आधारमा निगमले छुट सेवा प्रदान गर्दै आएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनकाअनुसार निगमको यस सेवा मार्फत गत वर्ष सन् २०२३ मा ७७० जना यात्रुले छुट सुविधा उपभोग गरेका छन् ।

यसै सन्दर्भमा ४ फेब्रुअरी आइतबारका दिन, विश्व अर्वुदरोग दिवस (वर्ल्ड क्यान्सर डे)को सन्दर्भमा ‘रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने मूल नारासहित निगमले ऐक्यबद्धता जनाएको छ । लामो समयदेखि क्यान्सर बिरामीलाई दिँदै आएको सुविधा थप निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निगमले यस खालको सुविधाले बिरामी परिवारमा थोरै भए पनि राहत पुग्नेमा विश्वास व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया