Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – काठमाडौंको ठमेलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् । काठमाडौं-१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । सोह्रखुट्टे प्रहरीका एक अधिकृतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन ।

उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि उनको मृत्युको कारण खुल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया