Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – छिमेकी देश भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४-२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरिएको उल्लेख छ ।

भातरले नेपाललाई यो वर्ष सात अर्ब भारतीय रुपैयाँ (११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ । यो सम्पूर्ण रकम अनुदान सहयोगमार्फत उपलब्ध गराइनेछ । अघिल्लो आर्थिक वर्ष २०२३-२४ को बजेटमा भारतले नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको थियो ।

भारतले चालु आर्थिक वर्षमा अफगानिस्तानलाई दुई अर्ब, बंगलादेशलाई एक अर्ब २० करोड, श्रीलंकालाई ७५ करोड र माल्दिभ्सलाई ६ अर्ब भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया