Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । चितवनस्थित नारायणगढ-मुग्लिन सडक खण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर सहायक हवल्दार रमेश रानाको मृत्यु भएको हो ।

रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए । मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका-२९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए ।

खाल्डोमा खसेका रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यही उनको निधन भएको उनले बताए । मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन भने घाइते छन् । अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरी सहायक हवल्दार राना गत माघ ११ गतेदेखि बिदामा थिए । उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया