समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ नै बढेको हो। मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साेमबार चाँदी तोलाको १४०५ रुपैयाँमा कारोबार भएको थियो ।