Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको बताएका छन् । नयाँ पुस्तामा यस्तो सन्देश गइरहेको र उनीहरू बच्चा जन्माउनका लागि अमेरिकालगायत देश गइरहेको बताएका छन् । राप्रपानिकट प्राज्ञिक परिषदले शनिबार काठमाडौमा आयाजना गरेको कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष लिङ्देनले एकजना पूर्व गृहमन्त्रीले नाति नेपालमा नजन्मियोस् भनेर बुहारी लिएर अमेरिका गएको बताए । सुत्केरी गराउनकै लागि बुहारी नेपालबाट अमेरिका लगेको लिङ्देनको भनाइ थियो ।

लिङ्देन यतिमै मात्र रोकिएनन् । उनले नेपाली अभिनेत्री तथा उनकै पार्टीकी नेत्री रेखा थापाको पनि उदाहरण पेस गरे । ‘एकजना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका !’ लिङ्देनले भने, ‘जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’ उनले रेखा थापाको नामै नलिए पनि पार्टीमा कुनै जानाकारी नदिई रेखा अमेरिका उडेको खुलासा गरे । स्मरणीय छ, रेखा राप्रपाको गत महाधिवेशनमा लिङ्देनकै प्यानलबाट महामन्त्रीमा लडेर कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

राष्ट्रियतासम्बन्धी प्रवचन कार्यक्रममा लिङ्देनले देशको वास्तविकता झल्काउने क्रममा आफ्नै पार्टीकी नेतृप्रति व्यंग्य पनि कस्न् भ्याएका हुन् ।गणतन्त्रपछिका १५ वर्षमा योजनाबद्ध रूपमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएको दाबी गर्दै अध्यक्ष लिङ्देनले अब देशलाई नयाँ बाटोमा लैजानुको विकल्प नभएको बताए ।

 

तपाईको प्रतिक्रिया