Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको सिकागोमा दुई छुट्टाछुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा चलेको हो । घटनापछि अभियुक्त भने फरार रहेका छन् । उनको पहिचान रोमियो नान्सको रूपमा भएको छ । प्रहरी प्रमुख बिल इभान्सका अनुसार दुई छुट्टाछुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ ।

प्रहरी विभागले संदिग्धले रातो टोयोटा क्यामरी चलाएको र संदिग्धलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको छ । प्रहरीले आरोपीको पहिचानका लागि स्थानीयको सहयोग मागेको छ । अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन् ।

तपाईको प्रतिक्रिया