Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – काठमाडौंमा एक नक्कली डाक्टर पक्राउ परेका छन् । धौलागिरी पोलिक्लिनिक चलाएर बसेका सम्बुद्ध भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

४० वर्षीय भट्टाचार्यलाई सोमबार नियन्त्रणमा लिइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए।

मोरङ विराटनगर महानगरपालिका वडा नम्बर- २ का उनले प्रारम्भिक बयानमा ४० जना बिरामीलाई उपचार गराएको बताएका छन् । उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया