Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रोपटक उद्घाटन भएको छ । एमालेकाे विराेधका बीच पनि भवन उद्घाटन गरिएको छ। नगरप्रमुख वीरेन्द्र भट्टले भवन उद्घाटन गरेका हुन्। एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले निर्माण कार्य सम्पन्न नहुँदै सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए।

गत असाेजमा निर्माण सम्पन्न भएकाे साे भवन मंगलबार मात्र नगरपालिकालाई हस्तान्तरण गरिएकाे थियाे। दोस्रो पटक भवनको उद्घाटनन गर्न नहुने भन्दै एमालेले आज बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरिरहेको छ। भवन उद्घाटनको पुरानो शिलालेख हटाई नयाँ शिलालेख पनि राखिएको छ।

तपाईको प्रतिक्रिया