Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारत र अफगानिस्तानबीचको तेस्रो टी-२० खेलमा भारतले रोमाञ्चक रूपमा जित निकालेकाे छ। अफगानिस्तानलाई दोस्रो सुपरओभरमा पराजित गर्दै भारतले सिरिज ३-० ले क्लिन स्विप गरेकाे हाे। बैंगलोरमा टस जितेर पहिले ब्याटिङ गर्दै भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। जवाफमा अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।

पहिलो सुपरओभरमा बराबरी भएपछि दोस्रो सुपरओभरमा भारतले खेल आफ्नो पक्षमा पारेको थियो। यसअघि शृंखलाको पहिलो दुई खेलमा शून्य रनमा आउट भएका भारतीय कप्तान रोहित शर्माले १ सय २१ रनको अविजित इनिङ खेले। यो इनिङसँगै उनले धेरै कीर्तिमान आफ्नो नाममा पारे। उनी टी-२० अन्तर्राष्ट्रियमा ५ शतक बनाउने पहिलो क्रिकेटर बनेका छन्। उनले भारतका लागि रिंकु सिंहसँग १ सय ९० रनको उच्च साझेदारी गरे।

त्यस्तै, रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कप्तानसमेत बने। रोहितले इंग्ल्याण्डका पूर्व एकदिवसीय विश्वकप विजेता कप्तान इओन मोर्गनको कीर्तिमान तोडेका हुन्। मोर्गनले कप्तानका रूपमा ८६ छक्का प्रहार गरेका थिए। रोहितले अफगानिस्तानविरुद्ध कुल ८ छक्का र यस फर्म्याटमा ९० छक्का प्रहार गरेका छन्।

 

तपाईको प्रतिक्रिया