Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीले नेपाल आर्मीलाई तीन विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार बागमतीले ९८ रनको सामान्य लक्ष्य २२.१ ओभरमा ७ विकेट गुमाएर पार गरेको हो । २३ ओभरको पहिलो बलमा शाहब आलमको बलमा छक्का प्रहार गर्दै प्रतिस जिसिले बागमतीको जित सुनिश्चित गरेका थिए । उनी २१ रनमा अविजित रहे । अशोक पौडेलले पनि २१ रन नै बनाए।

आर्मीका लागि सोमपाल कामीले ३, जितेन्द्र मुखियाले र शाहब आलमले २-२ विकेट लिए। पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा ९७ रनमा अलआउट भएको थियो । कप्तान विनोद भण्डारीले २८ रन बनाएका थिए । आर्मीलाई सस्तैमा अलआउट गर्न सूर्य तामाङले ५ विकेट लिए । उनले अघिल्लो खेलमा पनि ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।

बागमतीका प्रतिस जिसी र रिजन ढकालले २–२ तथा कृजन गुरुङले १ विकेट लिए।

तपाईको प्रतिक्रिया