Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – ताइवानका मतदाताहरूले उक्त टापुको सार्वभौमसत्ताको पक्षधर रहेका उम्मेदवार विलियम लाईलाई एउटा ऐतिहासिक निर्वाचनमा राष्ट्रपतिका रूपमा चुनेका छन् ।

उक्त मतलाई चीनभन्दा पृथक् धारणा राखेको अर्थ लगाइएको छ । त्यसप्रति आक्रोश व्यक्त गर्दै बेइजिङले एउटा विज्ञप्ति जारी गरेको छ जसमा ताइवान चीनको हिस्सा रहेको अडान व्यक्त गरिएको छ । बेइजिङले शान्तिपूर्ण पुन:एकिकरणको कुरा उठाउने गरेको भए पनि उसले बल प्रयोग गर्ने विषयलाई पनि नकारेको छैन । त्यसले ताइवानको निर्वाचनलाई युद्ध वा शान्तिबीचको रोजाइका रूपमा हेरिएको थियो ।

जितपछि लाईले चीनलाई के सन्देश दिए
हालैका महिनाहरूमा चीनले उक्त प्रायद्वीप वरपर सैनिक उपस्थिति वृद्धि गरेको छ जसले सम्भावित द्वन्द्वको भय बढाएको छ । बेइजिङको कम्युनिस्ट सरकारले ताइवानमा आठ वर्ष शासन गरेको लाईको स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)लाई निन्दा गर्छ ।

आफ्नो दलले अभूतपूर्व तेस्रो कार्यकाल राष्ट्रपति चुनाव जितेपछि लाईले नयाँ कीर्तिमान रचेका छन्। विपक्षीहरूले पराजय स्वीकार गरेपछि उनले अब पछाडि फर्किने बाटो नरहेको सङ्केत गरे । ‘देशले सही मार्गमा अघि बढ्ने कामलाई निरन्तरता दिनेछ । हामी यता उता फर्कँदैनौँ वा पछाडि फर्किँदैनौँ,’ उनले एउटा पत्रकार सम्मेलनमा भने ।

ताइपेईमा दशौँ हजार समर्थकहरूलाई सम्बोधन गर्दै उनले जितलाई लोकतन्त्रको विजयका रूपमा चित्रण गरेका थिए । उनले भने, ‘हामीले गरि छाड्यौँ। हामीले विदेशी शक्तिहरूलाई हाम्रो चुनावलाई प्रभावित पार्न दिएनौँ । किनभने हामीले हामी आफ्नो राष्ट्रपति आफैँ चुन्नेछौँ भनेर निर्णय गरेका थियौँ ।’

मतदान अघि ताइवानले चीनलाई चुनावी प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाएको थियो । लाईले चुनावमा विजयपछि चीनलाई पनि सन्देश दिएका छन् । उनले सम्वाददाताहरूसँग आफूले चीनसँग अवरोध वा द्वन्द्व भन्दा बढी संवाद र आदानप्रदान चाहेको बताए। शान्ति र स्थिरताका लागि उनले बेइजिङलाई आह्वान पनि गरेका छन् ।

उनले यथास्थितिको अवस्थालाई कायम राख्ने उल्लेख गरे जसको अर्थ चीनबाट स्वतन्त्रता नखोज्ने र चीनसँग एकीकरण पनि नगर्ने हुन्छ । तर चीनको खतराबाट ताइवानको रक्षा गर्ने वाचा उनले गरेका छन् ।

चीनको आक्रोश
ताइवानको स्वतन्त्रतालाई एउटा सीमा रेखा मान्ने गरेको बेइजिङले विगतमा उक्त अवधारणाको पक्षमा गरेको टिप्पणीका कारण लाईलाई पृथकतावादी र समस्या निम्त्याउने नेताका रूपमा टिप्पणी गरेको थियो ।

तर हालैका महिनाहरूमा उनले औपचारिक स्वतन्त्रताको पक्षमा आफूलाई नउभ्याउने सङ्केत गरेका छन् । शनिवार चीनको राज्य परिषद्को ताइवान मामिलासम्बन्धी कार्यालयले जारी गरेको विज्ञप्तिले निर्वाचनको नतिजाले मातृभूमिको एकीकरण रोक्न नसकिने प्रक्रियालाई अवरुद्ध बनाउन नसक्ने जनाइएको छ । साथै चुनाव जितेको दलले ताइवानको मूलधारको सार्वजनिक अभिमत सम्बोधन गर्न नसक्ने भनिएको छ ।

बेइजिङको उक्त धारणापछि ताइवानले चीनलाई ‘वास्तविकता स्वीकार गर्न’ र शनिवारको निर्वाचन परिणामप्रति सम्मान व्यक्त गर्न भनेको छ । ताइवानको सबैभन्दा ठूलो साझेदार संयुक्त राज्य अमेरिकाले जितका लागि लाईलाई तत्कालै बधाई दिएको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त टापुको “मजबुत लोकतान्त्रिक प्रणाली र निर्वाचन प्रक्रिया” को प्रशंसा गरे ।

एउटा विज्ञप्तिमा उनले वासिङ्टन उक्त ‘प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्नका लागि प्रतिबद्ध’ रहेको उल्लेख गरे । त्यसअघि राष्ट्रपति जो बाइडनले अमेरिकाले “ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने” बताएका थिए । -बीबीसी

तपाईको प्रतिक्रिया