Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छन् । महासङ्घको ३१ औँ वार्षिक साधारण सभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् । सहकारी महासंघमा पहिलो पटक महिला नेतृत्व चयन भएको हो ।

निर्वाचन समितिको कार्यालयले तोकेको समयमा अध्यक्षमा मल्लको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । महासङ्घको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै आफ्नो ३० वर्षे सहकारी यात्रामा मल्ल महासङ्घको अध्यक्ष बनेकी हुन् ।

उसो त लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील मल्ल नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक सदस्य बन्ने पहिलो नेपाली पनि हुन् । दक्षिण एसियाको प्रतिनिधित्व गर्दै अध्यक्ष मल्लले अन्तर्राष्ट्रिय सहकारी महासङ्घको निवर्तमान सञ्चालक समेत बनिसकेकी छिन् ।

 

 

तपाईको प्रतिक्रिया