Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सजाय तोकिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको कसूरमा आठ वर्ष कैद सजाय तोकेसँगै क्यानले उनलाई निलम्बन गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति जारी गर्दै सन्दीपलाई सम्पूर्ण घरेलु तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसूर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेशअनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारणसमेत भएकाले निज सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’

पुस १३ गते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको अदालतले हिजो आठ वर्ष कैदसहित पाँच लाख रुपैयाँ जरिवाना र क्षतिपूर्तिको सजाय सुनाएको छ ।

 

तपाईको प्रतिक्रिया