Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझका लागि गठबन्धनका दलहरुको बैठक बोलाएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन दलहरुले दर्ता गरेका उम्मेदवारीका नामहरुमाथि आलोचना भइरहेका बेला प्रधानमन्त्री दाहालले गठबन्धनको बैठक बोलाएका हुन्। गठबन्धनका उम्मेदवारलाई जिताउनेबारे बैठकमा छलफल हुने पनि प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।

गठबन्धन दलहरुबीचको बैठक मंगलबार ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोाइएको हो। राष्ट्रियसभाका २० सिटका लागि माघ ११ हुने निर्वाचनमा सहभागी हुन कुल ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने गठबन्धनका तर्फबाट भने कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

तपाईको प्रतिक्रिया