Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय सभाको १९ सिटका लागि सत्ता गठबन्धनले भागबण्ड टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकमा कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई २ र जनता समाजवादी पार्टीले १ सिट लिने सहमति भएको छ।

एकीकृत समाजवादीले ३ सिट दाबी गर्दै आएको थियो। गठबन्धनमा रहेका नागरिक उन्मुक्ति र जनमत पार्टीले पनि राष्ट्रिय सभामा भाग नपाउने भएका छन्। सिट बाँडफाँटमा सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। फागुन २० गते रिक्त हुने १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ।

तपाईको प्रतिक्रिया