Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – दुई दिनको स्थिरतापछि मंगलबार बढेको सुनचाँदीको भाउमा बुधबार सामान्य गिरावट छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा २ सय र चाँदी १० रूपैयाँ घटेको छ। बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख २० हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार र सोमबार प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँमा स्थिर मूल्यमा मंगलबार ५ सय बढेको थियो।

चाँदी चार दिनदेखि तोलाको १४ सय ५५ मा स्थिर रहेर मंगलबार ५ रुपैयाँ बढेर कारोबार मूल्य कायम थियो। १० रुपैयाँ घट्दा बुधबार प्रति तोला १४ सय ५० रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य केही घटेर कारोबार भइरहेको छ। बुधबार सुन प्रति औंस २०६५.५७ डलरले कारोबार भइरहेको छ। सोमबार २०६६.२६ डलर रहेकोमा मंगलबार बढेर २०७१.७२ डलर पुगेको थियो।चाँदी मंगलबार प्रति औंस २३.९८ डलर पुगेकोमा बुधबार घट्दै २३.६७ डलरमा कारोबार भइरहेको छ। यसअघि गत सोमबार प्रति औंस २३.७९ डलर थियो।

तपाईको प्रतिक्रिया