Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै थापाले आफ्नो आवाज सरकारलाई सुनाउन माइतीघर पुगेकाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि निषेधित क्षेत्र तुरुन्त हटाउन माग गरेका हुन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डल मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने ठाउँ भएको बताए । धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा सोमबार मात्र केही मानिस पक्राउ परेको भन्दै उनले भने, ‘निषधित क्षेत्र घोषणा गरेपछि बल प्रयोग गर्नुपर्यो । त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् ।’

सोमबार धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत ५० भन्दा धेरै पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया