Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक मंगलबार पनि बस्दैछ। बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ। आजको बैठकमा विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

बैठक सोमबारदेखि सुरु भएको हो। हिजाेकाे बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस भएको थियाे। पार्टीको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो।

 

तपाईको प्रतिक्रिया