Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। राष्ट्रिय सभा चुनावमा भाग लिनका लागि १२ दलहरुले शुक्रबार निवेदन दिएका थिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई आयोगले आज चुनाव चिह्न दिने भएको हो।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ। आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ भने एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन्।

 

तपाईको प्रतिक्रिया