Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शन गर्ने २८ जनालाई नियन्त्रणमा लिएको छ। सरकारले माइतीघर क्षेत्रलाई प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेपछि नागरिकले विरोध प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै अभियन्ताले विरोध गर्दै आएका छन् ।

१४ जना महिला र १४ जना पुरूष गरी २८ जना नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। भद्रकालीमा जम्मा भएर माइतीघरतर्फ जान खोज्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको नागरिक अभियन्ताले बताएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो। त्यसयता शान्तिबाटिकामा प्रदर्शन हुँदै आएको छ। तर यसरी प्रदर्शन गर्ने ठाउँहरूमा निषेधित तोकेर वाक स्वतन्त्रता हनन भएको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया