Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्ने भएको छ। यही पुस २७ गते ३०२ औं पृथ्वी जयन्तीलाई राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाउनेछ।

राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।उनका अनुसार पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवा सहभागी हुन पाउने र सहभागीले पुसको १५ गते भित्र ५०० शब्दमा सीमित कविता धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।

प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई रू ५० हजार, तृतीय हुनेलाई रू २५ हजार तथा अन्य तीनजनालाई १०-१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ। पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया