Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो ।

इजलासले रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन आदेश दिएको छ । सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न समेत आग्रह गरेको छ ।

संविधान दिवसका अवसरमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले रिगलको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै राष्ट्रपति पौडेलले कांग्रेसको भातृ संस्था तरुण दलका नेता ढकाल कारागारमुक्त हुन पुगेका थिए ।

ढकालले दिन दहाडै हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शर्माले रिगलले आममाफी पाएपछि अन्यायमा परेको भन्दै राष्ट्रपतिको सो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया