Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – टी-२० विश्वकप छनोटअन्तर्गत जारी खेलमा सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले सानदार ब्याटिङ गरेको छ। सिंगापुरले दिएको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले २६ बलमा अर्धशतक प्रहार गरेका हुन् । यस यस क्रममा उनले २ छक्का र ६ चौका प्रहार गरेका छन् । भुर्तेललाई अर्का ओपनर आशिफ शेखले २० रन बनाएर साथ दिइरहेका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा विकेट नगुमाई ७२ रन जोडेको छ । ८ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमीफाइनल प्रवेश गर्नेछन् ।

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुई टीम सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

तपाईको प्रतिक्रिया