Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – यो बर्ष दसैंका लागि भनेर आज बिहीबार बिहानसम्म साढे ३ लाख मानिसहरुले काठमाडौं उपत्यका छाडेका छन्। घटस्थापनाको दिन देखि आज बिहीबार बिहानसम्म साढे ३ लाख मानिसले काठमाडौं छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र भट्टले जानकारी दिए।

काठमाडौं उपत्यकाका चार वटा नाका हुँदै मानिसहरू बाहिरिएका छन्। नागढुंगा, जगाती, फर्पिङ र मुर्खु हुँदै मानिसहरू दसैं मनाउन घर फर्किएका हुन्।शुक्रबार र शनिबारदेखि मानिसहरू बाहिरिनेको संख्या अझी बढी हुने अनुमान गरिएको छ ।

सवारी जामको व्यवस्थापन गर्न यातायात व्यवस्था विभागमा केही समयअघि बसेको समन्वय बैठकले ठूला १२ चक्के मालबाहक सवारी साधनलाई चितवनबाटै रोक्ने निर्णय गरको थियो। त्यहाँ रोकेसँगै काठमाडौंबाट बाहिरिन पनि सहज हुने गरेको हो। अत्यावश्यक सामग्रीबाहेक अन्य सामग्री बोकेका ठूला गाडीलाई रोकिएको छ।

यस्तै, बाटोमा बिग्रिएका सवारी साधनलाई हटाउन पनि ट्राफिक प्रहरीको गाडी तैनाथ राखिएको छ।

 

तपाईको प्रतिक्रिया