Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतीशील मञ्च जापान, गुन्मा-तोचिगीको तेस्रो क्षेत्रीय अधिवेशनको मिति तोकिएको छ । समितिको औपचारिक बैठकले आउँदो अक्टोबर १ तारिख आइतबारका दिन गुन्मामा गर्ने गरी अधिवेशनको मिति तोकिएको हो ।

क्षेत्रीय समितिको अनौपचारिक बैठक इन्चार्ज आरएच गौतम र भुवन हुमागाईँको भर्चुअल सल्लाहपछि भएको थियो । मुख्य सल्लाहकार कुलमान लामा र संगठनका पदाधिकारीसहितको बैठकले बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य पूर्वमन्त्री रत्न ढकाल, काभ्रेको चौरी देउराली गाउँपालिका प्रमुख रेणुका चौलागाइँ, माहाभारा गाउँपालिका काभ्रेका प्रमुख कान्छा लाल जिम्बासहित  नेताहरू उपस्थितिमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अध्यक्षका राकेश बिमलीअनुसार अक्टोबर १ तारिख आइतरका दिन गुन्मा केन तातेबायसी शहरमा क्षेत्रीय अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । उनले क्षेत्रीय अधिवेशनमा उपस्थितिका लागि सबैलाई अनुरोधसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया