Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – रोजगारी र पेसा व्यवसायका क्रममा बेलायतमा बसोबास गर्ने म्याग्देलीहरु नौमती बाजा संरक्षणमा जुटेका छन् । म्याग्दी, बागलुङ र पर्वतबाट बेलायत पुगेकाहरू संगठित भएर चौध वर्षअघि धौलागिरि नौमती बाजा समूह बनाएर संरक्षण र प्रचारप्रसारमा तल्लीन छन्। जन्म ठाउँको नौमती बाजालाई विदेशी भूमिमा पनि घन्काउन र नयाँ पुस्तालाई सिकाउन उनीहरू जुटेका हुन् ।

बेलायतमा आयोजना हुने नेपाली कार्यक्रममा नौमती बाजा समूहका सदस्य पुग्ने गर्छन्। पछिल्ला केही वर्षयता बेलायतमा मात्र होइन युरोपका अन्य देशमा समेत नौमती बाजाको माग हुने गरेको छ। नौमती बाजामा नेपाली मात्र होइन विदेशी नागरिक पनि रमाइलो गरी नाच्ने गरेको धौलागिरि नौमती बाजा समूहका अध्यक्ष म्याग्दीका बिल पुर्जामगरले बताए । विदेशलाई कर्मथलो बनाए पनि आफ्नो लोकसंस्कृति प्यारो लाग्ने उनको भनाई छ । उनले बेलायतमा भएका नेपालीलाई जोड्न नौमती बाजा समूह सफल भएको बताए । ‘नेपालको कला संस्कृतिमार्फत बेलायतमा भएका नेपालीलाई जोड्न नौमती बाजा समूह सफल भएको छ,’ पुर्जाले भने, ‘जन्म ठाउँ छाडेर विदेश आए पनि आफ्नो कला सँस्कृति नै प्यारो लाग्छ। जहाँ हुन्छौं त्यहीं हाम्रो सँस्कृतिको संरक्षण गर्नुपर्दछ।’

नौमती बाजा घन्काउन दमाहा, झयाली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा उनीहरूले नेपालबाटै बेलायतसम्म पुर्‍याएका हुन्। सहनाई, सनही, ठूलो दमाहा, सानो दमाहा, झ्याम्टा,मुजुरालगायत नौमतीका लागि चाहने सबै बाजा समूहसँग छ। ‘विदेशी भूमिमा आएर नेपाली नौमती बाजा घन्काउँदा गर्व लाग्ने रहेछ। जन्मभूमि छाडेर आए पनि मौलिक कला सँस्कृति वेशभूषा आफ्नै प्यारो लाग्ने रहेछ,’ उनले भने ।

यसैगरी जापानमा पनि नौमती बाजा घन्किन थालेको धेरै नै भईसकेको छ । संभवत जापानमा पुष्करजंग थापाको टोकियोमा डेढदशक अघि भएको बैबाहिक समारोहमा पहिलोचोटी नौमती बाजा घन्किएको थियो । अहिले जापानमा करीव आधा दर्जन जति नौमती बाजा समुह रहेको बताईन्छ । टोकियोमा देउराली नौमती बाजा समुह, घुम्टे नौमती बाजा समुह, ओसाकामा गलकोट नौमती बाजा समुह, ओसाका नौमती बाजा समुह लगायत छन् । यस बारेमा बिस्तृतमा अर्को शृङ्खलामा जानाकारी गराईने छ । ***

**

तपाईको प्रतिक्रिया