Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – विदेशमा रहेका छोरा आएपछि मात्रै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि हुने भएको छ । विदेशमा रहेका दुई छोरा आएपछि मात्रै नेम्वाङको अन्त्येष्टि हुने भएको हो । एमाले सचेतक महेशकुमार बर्तौलाका अनुसार नेम्वाङका दुई छोरामध्ये एक अष्ट्रेलियामा र अर्का बेलायतमा छन् । संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयमा केहीबेरमा राखिने पनि उनले बताए । नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिनेछ ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघात भएको थियो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि राति १: ३० बजे अस्पताल लगिएकामा उपचारको क्रममा त्यही निधन भएको थिए।

निधनबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता त्रीवी शिक्षण अस्पताल पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया