Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – सेयर बजार परिसूचक २ हजार बिन्दुबाट तल झरेको छ। करिब २ महिनापछि सोमबार नेप्से परिसूचक २ हजार अंकबाट ओर्लिएको हो। नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा झरेको छ। यसअघि जेठ ३० गते नेप्से सूचक २ हजार विन्दुमुनि थियो। अधिकांश बैंकले भदौमा ब्याजदर बढाएपछि सेयर बजार निरन्तर घटेको हो। ब्याजदर महँगो भएकाले अहिले निक्षेप परिचालन हुन सकेको छैन। ठूला होटल निर्माणको योजनामा रहेका कम्पनीले ब्याजदरकै कारण अहिलेलाई काम अगाडि नबढाउने निर्णय गरेका छन्।

‘हामीले होटल बनाउने भनेर जग्गा समेत लिइसकेका छौँ। तर महँगो लागतमा कर्जा ल्याएर होटल बनाउनुभन्दा केही समय रोकिने भएका छौँ। कर्जाको ब्याज एकल अंकमा आएपछि काम अघि बढाउँछौँ’, कालिन्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बिजमाण्डूलाई भने।

ब्याजदर महँगो भएपछि सेयर बजारमा लगानीकर्ताको सक्रियता कम हुँदै गएको छ। जसलाई सोमबारको कारोबारले पनि पुष्टि गर्छ। सोमबार कारोबार रकम १ अर्ब ४० करोड ८९ लाख रुपैयाँमा सीमित भयो। केही समयअघि नेप्से २२०० अंकमाथि पुग्दा दैनिक कारोबार ४ अर्ब नाघेको थियो

कारोबार रकमका आधारमा सोमबार शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ८ करोड २ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। गत वर्ष मुनाफा घटेको वित्तीय विवरण सार्वजनिक भएपछि कम्पनीको सेयर बिक्रीमा चाप परेको छ। बिक्री चापले कम्पनीको सेयर मूल्य निरन्तर घटिरहेको छ। उसको सेयर मूल्य सोमबार प्रतिकित्ता १४.९० रुपैयाँ घटेको छ।

शिवमपछि धेरै कारोबार हुने कम्पनी सेयर बजारमा भर्खरै आएको आईएमई लाइफ इन्स्योरेन्स हो। यसको ५ करोड ८३ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ। जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ। यस उपसमूह १.४० प्रतिशतले घटेको हो।

 

तपाईको प्रतिक्रिया