Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका छन् । मंगलबार दाङमा आयोजित एक कार्यक्रममा महराले आफूलाई जोडेर आएका विषयमा प्रष्ट पार्दै अनुसन्धानमा सघाउन तयार रहेको बताएका हुन् ।

विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको छ । अनुसन्धानका लागि बोलाउनुस् भनेको तर सम्बन्धित निकायबाट आफूलाई नबोलाएको महराले बताएका छन् । ‘सुन प्रकरणबारे अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन्, म के गरुँ ?’ उनले भने ।

महराले सुन तस्करी प्रकरणमा नाम जोडिएका चिनियाँ व्यापारी वाङलाई १० वर्ष अघिदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको पनि जिकिरे गरे । ‘वाङले मेरो महत्वपूर्ण सामान भन्सारमा रोकियो भनेका थिए, उनले सुनको ‘स’ पनि उच्चारण गरेका थिएनन्, मैले चाहिँ कानुनअनुसार छुट्नुपर्ने सामान हो भने कानुन हेरेर छाडिदिनु होला मात्रै भनेको हो, मैले सुन भन्ने थाहा पाएको थिएन’, महराले भने ।

तपाईको प्रतिक्रिया